चेन होटल ‘दुसित प्रिन्सेस काठमाडौं’ सञ्चालनमा, अढाइ अर्ब लगानी

चेन होटल ‘दुसित प्रिन्सेस काठमाडौं’ सञ्चालनमा, अढाइ अर्ब लगानी

काठमाडौं। लाजिम्पाटमा पाँच तारे होटल ‘दुसित प्रिन्सेस काठमाडौं’ संचालनमा आएको छ। होटल ल्हासा इन्टरनेसनल समूहले अढाइ अर्ब रुपैयाँ लगानीमा थाइल्याण्डको मल्टिनेसनल चेन होटल संचालनमा ल्याएको हो। यो समूहको यो तेस्रो होटल हो। यसअघि उसले बौद्ध र लाजिम्पाटमा तिब्बत होटल संचालन गर्दै आएको थियो।

ल्हासा इन्टरनेसनल समूहले थाइल्याण्डको होटल व्यवस्थापन कम्पनी दुसित इन्टरनेसनलसँगको सहकार्यमा होटल संचालनमा ल्याएको हो। दुसित इन्टरनेसनल थाइल्यान्डको होटलररिसोर्ट व्यवस्थापन कम्पनी हो। होटल ल्हासा इन्टरनेसनल समूहका अध्यक्ष छिरिङ लामाले नेपाल र थाइल्याण्डको आतिथ्यता मिल्दोजुल्दो भएकाले दुसित इन्टरनेसनलसँगको सहकार्यमा होटल सञ्चालनमा ल्याएको बताए।

होटल ल्हासा इन्टरनेसनल समूह अढाइ दशक देखि पर्यटन क्षेत्रमा संलग्न छ। एसियाली संस्कृतिलाई मध्यनजर गर्दै विभिन्न अन्तर्राष्ट्रिय चेन व्यवस्थापनमध्ये दुसितसँग सहकार्य अगाडि बढाएको प्रबन्ध निर्देशक दोर्जे लामाले बताए।

प्रकाशित मिति:     ६ श्रावण २०८०, शनिबार  |    Himali Khabar