काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि मुलुकका अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरेका छ्न हालसम्म ७३ जिल्लाले निषेधाज्ञा जारी गरी सङ्क्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन्।
त्यसमध्ये सात जिल्लामा आंशिक निषेधाज्ञा छ। मुलुकमा अब जम्मा चार जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न बाँकी छ।
विवरणअनुसार मनाङ, मुस्ताङ, तेह्रथुम र खोटाङले निषेधाज्ञा जारी गरेका छैनन्। यद्यपि सङ्क्रमण फैलिन नदिन प्रयास भने जारी राखिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएको छ।