देशभरका होटललाई आइसोलेसन बनाउन सुझाव

देशभरका होटललाई आइसोलेसन बनाउन सुझाव

काठमाडौं । होटल संघ नेपाल (हान) ले देशभर होटलका २ लाख २५ हजार कोठालाई आइसोलेसन बनाउन सकिने प्रस्ताव गरेको छ। संघमा आबद्ध काठमाडौंमा मात्रै तारे होटलका ६ हजार पाँच सय र देशभर ६० हजार कोठा छन् । त्यस्तै, देशभर साना ननतारे होटेलमा एक लाख ६० हजार कोठा रहेको हानले जनाएको छ।

सरकारले सामान्य मेडिकल टिम राखेर हजारौँ बिरामीलाई सहज सेवा दिन सकिने हानका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिए । सामान्य बिरामीलाई होटलमा राख्न सकिन्छ । त्यसो हुँदा गम्भीर बिरामीलाई अस्पतालका बेडहरू उपलब्ध गराउन सहज हुने व्यवसायीको तर्क छ।

गत वर्ष पर्यटन मन्त्रालयको सहमतिमा काठमाडौं जिल्ला प्रशासनले ५४ वटा होटललाई क्वारेन्टिन बनाउने निर्णय गरेको थियो । त्यस्तै, काठमाडौंबाहिर चितवन, रुपन्देही र कास्कीमा क्वारेन्टिनका लागि दुई–दुई दर्जन होटलले अनुमित पाएका थिए ।

सरकारले केही दिनअघि मात्र कोरोना संक्रमति राख्नका लागि अस्पतालमा खाली बेड नभएको भन्दै नागरिकलाई आफ्नो सुरक्षा आग्रह गरेको छ । देशमा उपलब्ध वैकल्पिक संचरनामा अलिकति लगानी गर्न सके यो विषम परिस्थितीमा जनताले ठूलो राहत पाउँने छन् ।

प्रकाशित मिति:     १९ बैशाख २०७८, आईतवार  |    Himali Khabar