सांसद खोसिएका चार जना मन्त्री पद अब के हुन्छ ?

सांसद खोसिएका चार जना मन्त्री पद अब के हुन्छ ?

काठमाडौं, २६ चैत । नेकपा माओवादी केन्द्रले चार जना सांसदलाई मन्त्रीलाई सांसद पदबाट हटाएको छ। उक्त जानकारी संसदीय दलका नेताले संसद सचिवालयमा दिएका थिए।

चार सांसदलाई पार्टीबाट हटाइएको जानकारी प्राप्त भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले आजको संसद बैठकमा नाम पढेर सुनाएका हुन्।
टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न भएको देखिएको भन्दै माओवादी केन्द्रले सांसद हटाएको थियो।

सभामुख सापकोटाले माओवादी केन्द्रबाट चार सांसद रिक्त रहेको जानकारी आज संसद बैठकमा सुनाएका हुन्। कानुन त सांसदबाट हटेसँगै मन्त्री पदबाट पनि हट्ने छन् ।

प्रकाशित मिति:     २६ चैत्र २०७७, बिहीबार  |    Himali Khabar