परिवारका सदस्य सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सुकुटे बिच रिर्सोटमा (तस्बिरसहित)

परिवारका सदस्य सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सुकुटे बिच रिर्सोटमा (तस्बिरसहित)

सिन्धुपाल्चोक । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार दिउँसो परिवारका सदस्यहरूसहित सिन्धुपाल्चोक स्थित सुकुटे बिच रिर्सोट पुग्नु भयो । परिवारका सदस्यहरूसहित पूर्वसभामुख अग्निप्रसाद सापकोटा र सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्यका नवनिर्वाचित माधव सापकोटा र प्रदेशसभा सदस्य सरल सहयात्री सहित सुकुटे पुग्नुभएको संचालक महेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।

पार्टीको दस्तावेज लेखन र अन्य महत्त्वपूर्ण राजनीतिक निर्णय लिनुअघि उहाँ सुकुटे आउने गरेको बताइन्छ । यो सहित उहाँको सिकुटे भ्रमण १० औं हो । प्रचण्ड यहाँ जानुको मुख्य उद्धेश्य रिफ्रेस नै भएको बताइन्छ । कुनै राजनीतिक कुराभन्दा पनि विशुद्ध विश्राम गर्न आउने गरेको र यसपटक पनि विशुद्ध पारिवारिक भ्रमण मात्र भएको माधव सापकोटाले जानकारी दिनुभयो । प्रचण्ड प्राकृतिक सुन्दरता भएको ठाउँमा जान रुचाउनुहुन्छ । यहीक्रममा उहाँको सुकुटेसँग गहिरो भावना जोडिएको हुनुपर्ने उहाँ बताउनुहुन्छ ।

सो स्थान बस्नयोग्य र लायक मानिन्छ । सुकुटे पछिल्लो समय छोटो समयको आराम र मनोरञ्जनका लागि आन्तरिक एवम् बाह्य पर्यटकको पहिलो रोजाईमा पर्ने गरेको छ । संचालक थापाले अब छिटै चितवनको नारायणी नदी किनारमा यस्तै प्रकृतिको नारायणी बिच रिर्सोट खोल्न लागेको जानकारी दिनुभयो । नारायणी किनारमा भने पानी जहाज पनि संचालन गर्ने थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति:     १४ मंसिर २०७९, बुधबार  |    Himali Khabar