कोरोना बढेपछि भारतीय सीमा नाकामा कडाइ, लक्षण भए क्वारेन्टिनमा राखिने

कोरोना बढेपछि भारतीय सीमा नाकामा कडाइ, लक्षण भए क्वारेन्टिनमा राखिने

काठमाडौं, १० चैत । भारतमा कोरोना संक्रमण बढेसँगै सरकारले नेपाल प्रवेशमा कडाइ गरेको छ । अब भारतबाट नेपाल प्रवेश गर्नेहरूको सीमा नाकामा चेकजाँच हुनेछ र कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिए क्वारेन्टिनमा राखिनेछ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका निर्देशक डा. कृष्ण पौडेलले भारतबाट नेपाल आएका र कोरोना संक्रमणको शंका लागेका व्यक्तिलाई क्वारेन्टिनमा राखिने जानकारी दिए ।

सोमबारमात्रै विभिन्न नाका भएर ३३ सय जना नेपाल प्रवेश गरेका छन् । यसरी आएकाहरुलाई हेल्थ डेस्कमा ज्वरो जाँचिनेछ । ज्वरो आएका यात्रुहरुको मलेरियाको आडीटी र सम्भव भएसम्म कोभिड-१९ को एन्टिजिन टेष्ट गर्ने व्यवस्था मिलाउन भनेको छ । कोही संक्रमित भेटिएमा उपचारका लागि स्वास्थ्य संस्थामा पठाइनेछ ।

महाशाखाले पालिकाहरुमा हट स्पटको पहिचान गर्न र समुदायस्तरमा एन्टिजिन परीक्षणसम्बन्धी मापदण्ड पालना गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति:     १० चैत्र २०७७, मंगलवार  |    Himali Khabar