डाबर नेपालले उत्पादन गर्ने स्यानिटाइजरमा प्रतिबन्ध

डाबर नेपालले उत्पादन गर्ने स्यानिटाइजरमा प्रतिबन्ध

काठमाडौं, ६ चैत । सरकारले बहुराष्ट्रिय कम्पनी डाबर नेपालले उत्पादन गर्ने स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । डाबरको एक लिटर र ७५ मिलिलिटरको ह्यान्ड स्यानिटाइजर न्यून गूणस्तरको पाइएपछि औषधि व्यवस्था विभागले उत्पादन तथा बिक्री रोक्‍का गरेको हो ।

बजार अनुगमनका क्रममा स्यानिटाइजरको नमुना परीक्षण गरेको थियो । परीक्षणका क्रममा न्यून गूणस्तरको पाइएको विभागले जनाएको छ। औषधि व्यवस्था विभागले उद्योगलाई बजारबाट स्यानिटाइजर फिर्ता लिन निर्देशन दिएको छ । विभागका अनुसार ती स्यानिटाइजरमा मापदण्डअनुसार अल्कोहल नपाइएको उल्लेख छ ।

प्रकाशित मिति:     ६ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar