१६ औं महा मै मैत्री दिवस एवम् विश्वशन्ती महा मै मैत्री पूजा चैत ८ देखि

१६ औं महा मै मैत्री दिवस एवम् विश्वशन्ती महा मै मैत्री पूजा चैत ८ देखि

काठमाडौं, ५ चैत । बोधि श्रवण धर्म संघले यही चैत्र ८ देखि १२ गतेसम्म १६ औं महा मै मैत्री दिवस एवम् विश्वशन्ती महा मै मैत्री पूजा प्रार्थन २०७७ आयोजना गरेको छ ।

चैत्र ८ गते चितवनमा, ९ गते ललितपुरको चुनिखेलमा, १० गते सिन्धुपाल्चोकको बाँडेगाउँमा, ११ गते झापाको बुधबारेमा महामैत्री पूजा सम्पन्न भएपछि १२ गते सर्लाहीको पत्थरकोटमा विश्वशन्ती महा मै मैत्री पूजा समापन हुने संघले जनाएको छ ।

किशोरवयका रामबहादुर वमजनमा दैवी शक्तिको प्रवेशपछि बाराको हलखोरिया जङ्गलमा गुप्त तपस्यामा लीन भएका थिए । ज्ञान प्राप्त भएपछि महासम्बोधी धर्म संघ गुरुका नामले परिचित हुनुहुन्छ । नेपालमा पनि उहाँद्वारा प्रतिपादित मैत्रीय धर्मको ब्यापक विस्तार हुँदै गएको छ । अहिले उहाँका अनुयायीहरु संसारभरी छ्न ।

प्रकाशित मिति:     ५ चैत्र २०७७, बिहीबार  |    Himali Khabar