नेपाल स्वास्थ्य सेवा सहकारीको अध्यक्षका उम्मेदवार सिम्खडाको यस्ता छन् चुनावी एजेन्डा ?

नेपाल स्वास्थ्य सेवा सहकारीको अध्यक्षका उम्मेदवार सिम्खडाको यस्ता छन् चुनावी एजेन्डा ?

काठमाडौं, २८ फागुन । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल सञ्चालन गरिरहेको नेपाल स्वास्थ्य सेवा सहकारीको संचालक समितिको निर्वाचन मिति तेस्रो पटक पनि सारिएको छ। यसअघि माघ १७ मा सञ्चालक समितिको निर्वाचन मिति सार्वजनीक गरिएपनि आगामी कार्यकालका लागि समेत अध्यक्षका आकांक्षी समेत रहेका वर्तमान अध्यक्ष राजेन्द्र पाण्डेको दवाबमा मिति सारेर फागुन १५ गतेका लागि तोकिएको थियो । तर त्यो मितिलाई पनि सारेर चैत २१ मा पुर्याइएको छ।

विगत १४ वर्षदेखि एकछत्र नेतृत्व गर्दै आएका पाण्डेलाई यस पटक अध्यक्षका निर्वाचित हुन सकस देखेपछि मिति पर धकेल्ने काम गरेको आरोप छ । उनका प्रतिस्पर्धीका रुपमा धादिङकै गणेश सिम्खडा नेतृत्वका लागि अघि सरेका छन् ।

पाण्डे १४ वर्षदेखि निरन्तर उक्त सस्थाको अध्यक्ष रहदै आएका छन् । आफुले निर्वाचन हार्ने भएपछि पाण्डेले निर्वाचनको मिति सरेको आरोप लागेको छ। पाण्डेको १४ वर्षे कार्यकालमा सस्थाका लगानीकर्ताले एक रुपैयाँ पनि प्रतिफल पाउन सकेका छैनन्। पाण्डेले निर्वाचन प्रभावित पार्न सकिन्छ कि भनेर उच्च अदालत पाटनमा समेत रिट हालेका थिए । तर अदालतले अन्तरिम आदेश दिन नमानेपछि उनी अब निर्वाचन गर्नै पर्ने बाध्यतामा छन् । अब चैत २१ गतेमा भने निर्वाचनमा हुनेमा सदस्यहरु ढुक्क छन् ।

विगतमा पाण्डेकै निकट सहयोगी मानिएकाहरूले नै उनको विरूद्धमा उम्मेद्वारी दिएका छन् । पाण्डेले सचिवमा समेत विगतमा आफ्नै स्वकीय रहेका राजेन्द्र बराललाई अघि सारेपछि अर्को उम्मेदावारी परेको छ । विगतमा पाण्डेको दाहिने हात भनेर परिचत भएका डा. रामकुमार अधिकारी समेत अहिले उनकोविरुद्धमा लागेका छन् । उनी पनि अध्यक्षको आकांक्षी थिए तर पछि उम्मेदवार धेरै हुनेभएपछि उपाध्यक्षमा सर्वसम्म बनिसकेका छन् ।

सिंखडा सहित सुवर्ण मल्ल र रामकुमार गिरीले पनि नेतृत्वका लागि दावेदारी प्रस्तुत गरेका छन् । अध्यक्षमा पाण्डेलाइ चुनौती दिन सिम्खडाले ८ बुदे घोषणा यस अघिनै सार्वजनिक गरिसकेका छन् ।
यस्ता छन् उनका प्रतिवद्धताहरु

१) सेयर धनी कक्ष अत्यन्त ब्यबस्थित गरिने छ। शेयर सदस्यहरु र उहाँका परिवारका सदस्यहरुलाई उपचार गर्न आउँदा बिना कुनै झन्झट सजिलो ब्यबस्था गरिने छ।

२) हाम्रो कार्यकालमा मेडिकल कलेज स्थापना गरिने छ।

३) संस्थाको ऋण तिरिने छ।

४)दश लाख भन्दा कम रकम शेयर पुँजी राखेका शेयर धनीहरुलाई अबको एक बर्ष भित्रमा शेयर रकम बराबरको रकम बोनसको रुपमा उपलब्ध गरिने छ र शेयर पुँजी भने सोही रकम बराबरको कायम गरिने छ। शेयर धनीहरुलाई प्रत्यक बर्ष डिभिडेन्ट बाँडिने छ।

५)अस्पताललाई अत्याधुनिक बनाइने छ, काठमान्डौको औंलामा गनिने राम्रो अस्पतालको रुपमा लिइने अवस्थामा पुर्याइने छ।

६) क्याम्पसमा अन्य कार्यक्रम थपिने छ।

७) संस्थालाई सुशासन को उदाहरणको रुपमा बिकास गरिने छ। सम्पूर्ण हिसाब किताब पूर्ण पारदर्शि बनाइने छ।

८) संस्थाको प्रगतिको लागि आवश्यकता अनुसार अन्य कार्यहरु गरिने छ ।

कार्य गर्ने रोडम्याप ः

१) संस्थालाई अन्याय भएकोले न्याय पाउन फाल्गुन मसान्तसम्ममा सर्बोच्च अदालतमा मुद्धा हाल्ने छु ।

२) मेडिकल कलेज पाउनु पर्ने अन्यथा सरकारबाट गठित माथेमा कार्यदलले भनेअनुसार गर्नु पर्ने माग राखि आगामी चैत्र १५ गते बाट आन्दोलन शुरु गर्ने छु।

३) आगामी चैत्र मसान्त सम्म न्याय नपाएमा आगामी बैशाख १ गते बाट सम्पूर्ण शेयराधनीहरुको साथ लिएर माइतिघर मन्डलामा वा खुलामन्चमा आफ्नै नेत्रित्वमा रिले अनसन सुरु गर्ने छु।

४) आगामी बैशाख मसान्त सम्ममा पनि न्याय नपाएमा आगामी जेष्ठ १ गते बाट माइतिघर मन्डलामा वा खुलामन्चमा आफ्नै नेत्रित्वमा आमरण अनसन सुरु गर्ने छु ।

प्रकाशित मिति:     २८ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar