दाना उद्योग संघमा पुरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दाना उद्योग संघमा पुरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल दाना उद्योग संघमा रविन पुरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । संघको शुक्रबार सम्पन्न २१ औँ साधारणसभाबाट पुरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

संघको प्रथम उपाध्यक्षमा शंकरप्रसाद कँडेल, द्वितीय उपाध्यक्षमा प्रदीप कुमार रुङगाटा, तृतीय उपाध्यक्षमा ज्ञानेन्द्र पराजुली, महासचिव केशवराज थापा, कोषाध्यक्षमा उमेशचन्द्र सापकोटा र सचिवमा राजकुमार पराजुली चयन भएका छन् ।

यस्तै संघको कार्यसमिति सदस्यहरुमा आनन्द बरगरिया, गोपाल टण्डन, देविप्रसाद गौतम, बिनोद पोखरेल,सुरेन्द्रराज प्रधान,बिनोदचन्द्र केसि, नारायण प्रसाद फुयाल,नितेश गुप्ता, बिनोद भण्डारि र राजकुमार बन्जारा चयन भएका छन् ।

२०४७ सालमा स्थापना भएको नेपाल दाना उद्योग संघ हाल देशभर पशुपंक्षीको दाना उत्पादन सम्बन्धी काम गर्ने एकसय १० भन्दा बढी कम्पनीहरु आवद्घ रहेका छन् । विगत तीन दशकदेखी पशुपंक्षिको दाना उत्पादनमा आत्मनिर्भरता कायम गर्दै आएको उक्त उद्योगले करिब २ लाख नागरीकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्दै आएको छ भने कुल राजस्वमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । कार्यक्रममा अध्यक्ष पुरीले वार्षिक ३४ अर्बभन्दा बढीको मकै र भटमास आयात हुने गरेको भन्दै आयात निरुत्साहित गर्दै स्वदेशमै उत्पादन बढाउने तर्फ सरकारले जोड गर्नुपर्ने बताउनु भयो ।

प्रकाशित मिति:     १३ जेष्ठ २०७९, शुक्रबार  |    Himali Khabar