अक्टोबरसम्म ७० हजार मेट्रिक टन रासायनिक मल आयात हुने

अक्टोबरसम्म ७० हजार मेट्रिक टन रासायनिक मल आयात हुने

काठमाडौं । प्रतिनिधिसभा अन्तगर्तको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले रासायनिक मलको आपूर्ति, सञ्चिति र वितरणको अवस्थाका सम्बन्धमा छलफल गरेको छ । आजको समितिको बैठकमा रासायनिक मलको आपूर्ति, सञ्चिति र वितरणको अवस्थाका सम्बन्धमा छलफल गरेको हो । छलफलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले अक्टोबरसम्म ७० हजार मेट्रिकटन रासायनिक मल आइसक्ने जानकारी दिए ।

उनले रासायनिक मलको मूल्य धेरै बढीरहेकोले सरकारले निकासा गरेको बजेटअनुसार आवश्यक मल खरिद गर्न नसकिने बताए। भारतसँग मल खरिदसम्बन्धी गरिएको सम्झौता अनुसार मल आयात भए मल अभावको संकट कम हुने बताए ।

‘कहिलेकाहीँ नाकाको समस्याले मल खरिद गर्न समस्या परिरहेका छ, हामीलाई प्राप्त पछिल्लो जानकारीअनुसार युरिया १० हजार मेट्रिक्टन २० सेप्टेम्बरमा आउँदैछ भने सेप्टेम्बरको अन्तिमसम्ममा डिएपी ५ हजार मेट्रिक्टन उत्तरी नाकाबाट आउँदैछ, २० हजार मेट्रिक्टन युरिया आउने क्रममा छ, त्यस्तै २५ हजार मेट्रिक्टन १५ अक्टोबरमा आउनेछ, योसहित ७० हजार मेट्रिक्टन मल अक्टोबरसम्म नेपालमा आउने अवस्थामा छ, पछिल्लो बजेटबाट ३ लाख मेट्रिक्टन मल किन्ने भनिएको छ, अहिले मलको मूल्य अन्तर्राष्ट्रिय बजारमा पनि बढीरहेको छ ।’ उनले भने ।

प्रकाशित मिति:     २८ भाद्र २०७८, सोमबार  |    Himali Khabar