इथियोपियामा भोकमरीका कारण ३३ हजार बालबालिकाको मृत्यु हुन सक्ने

इथियोपियामा भोकमरीका कारण ३३ हजार बालबालिकाको मृत्यु हुन सक्ने

इथियोपिया । संयुक्त राष्ट्र संघले इथियोपियामाभोकमरीकाकारण ३३ हजार बालबालिकाको मृत्यु हुन सक्ने चेतावनीदिएको छ । राष्ट्रसंघले इथियोपियाको टिग्रे क्षेत्रमा सुरक्षाकर्मी र विद्रोहीबीच जारी युद्धका कारण ३३ हजार बालबालिकाको भोकमरी र कुपोषणका कारण मृत्यु हुन सक्ने भन्दै चेतावनी दिएको हो ।

सन् २०२० को नोभेम्बरबाट सुरु भएको युद्धमा परी हालसम्म टिग्रेमा १७ लाख मानिस विस्थापित भइसकेका छन् । संयुक्त राष्ट्रको एक अध्ययनमा टिग्रे क्षेत्रमा बसोबास गर्ने करिब ३ लाख ४३ हजार मानिस गम्भीर संकटमा परेको उल्लेख गरिएको छ ।

युद्धकाकारण त्यहाँका नागरिकहरु खाद्यान्नको समस्या झेलिरहेका छन् भने पिउने पानीको पनि अभाव हुन थालेको छ । जसले गर्दा बालबालिकासहित अन्य मानिसहरु पनि स्वास्थ्य संकटमा पर्न सक्ने संयुक्त राष्ट्र संघले बताएको छ ।

प्रकाशित मिति:     २९ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar