५० मुरी धान फलाउने किसानले ४२ हजार ५०० प्रोत्साहन रकम पाउने

५० मुरी धान फलाउने किसानले ४२ हजार ५०० प्रोत्साहन रकम पाउने

ताप्लेजुङ । कृषि उत्पादन वृद्धि गर्न किसानलाई गाउँपालिकाले कसरी प्रोत्साहन गर्न ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने सात किसानलाई प्रोत्साहन रकम बापत ४२ हजार ५०० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

यस्ले कृषि कर्ममा थप हौसला भर्ने बताइएको छ। गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन र किसानलाई थप प्रोत्साहन गर्न याे नवीनतम योजनालाई कार्यान्वयन गरिएको जनाइएको छ । पहिलो चरणमा वडा नम्बर १, २ र ३ का सात किसानलाई यस रकम प्रदान गर्ने तयारी गाउँपालिकाले गरेको छ ।

प्रोत्साहन पाउनेमा वडा नम्बर १ का देवीमाया श्रेष्ठ, ज्ञानबहादुर लिम्बु, ङिमादावा शेर्पा, निमतेम्बा शेपा, वडा नं २ का रविन्द्र वनेम र वडा नं ३ का ङिमावाङ्दी शेर्पा र होमनाथ गौतम रहेका गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङ्वाङले जानकारी दिए।

देवीमाया र ङिमादावाले ७०/७०, ज्ञानबहादुरले ६३, ङिमातेम्बाले ६५, रविन्द्रले ९५, ङीमावाङ्दीले ५८ र होमनाथले ६० मुरी धान उत्पादन गरेको तथ्याङ्क छ । उनीहरुलाई रकम चाँडै उपलब्ध गराइने बताइएको छ ।

प्रकाशित मिति:     २३ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar