कालिमाटी तरकारी बजारको तरकारी ढुवानी सवारीमा पनि जोर-बिजोर लागू

कालिमाटी तरकारी बजारको तरकारी ढुवानी सवारीमा पनि जोर-बिजोर लागू

काठमाडौं । कोरोना संक्रमण बढेको भन्दै कालिमाटी तरकारी बजारका तरकारी ढुवानी गर्ने सवारीमा पनि जोर-बिजोर प्रणाली लागू गरिने भएको छ । तरकारी ओसारपसारका लागि प्रयोग गरिने सवारी साधनमा जोर–बिजोर प्रणाली लगाउने निर्णय गरिएको बजार विकास समितिले जनाएको छ ।

हाल करिब ७० वटा सवारी साधनले तरकारी ढुवानी गर्दै आएका छन् । जोर दिन जोर र बिजोर दिन बिजोर सवारीले तरकारी ढुवानी गर्ने छ्न । उपत्यका प्रशासनले तीन जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गरेको छ । तर प्रशासनले तरकारीका सवारी साधनलाई अत्यावश्यक सेवाका रुपमा राखेर सञ्चालनमा अवरोध गरेको छैन ।

प्रकाशित मिति:     १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar