काठमाडौंमा फेरि देखियो बर्ड फ्लू

काठमाडौंमा फेरि देखियो बर्ड फ्लू

काठमाडौं । काठमाडौंमा फेरि बर्ड फ्लू संक्रमण पुष्टि भएको छ । कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा चराचुरुंगीमा बर्ड फ्लू संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

सो क्षेत्रको टर्की, हाँस, बटाईको नमुना सङ्कलन गरेर केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको हो ।

प्रकाशित मिति:     १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar