धादिङ २ `क´ प्रदेशबाट प्रदेश सांसदमा अधिकारी सिफारिस

धादिङ २ `क´ प्रदेशबाट प्रदेश सांसदमा अधिकारी सिफारिस

काठमाडौं । नेपाली कांग्रेस धादिङ प्रदेश क्षेत्र २ `क´ ले पत्रकार सराेज अधिकारीलाई प्रदेश सांसद उमेदवार बनाउन माथिल्लाे तहमा सिफारीस गरेकाे छ । अाज बुधबार बसेकाे प्रदेश समिति र त्यस क्षेत्रका महाधिवेशन प्रतिनिधहरूकाे बैठकले प्रदेश २ कमा प्रत्यक्ष निर्वाचन लड्न महाधिवेशन प्रतिनिधि समेत रहेका अधिकारीलाई सिफारीस गरेकाे हाे । लामाे समय पत्रकारीतामा रहेका अधिकारी पछिल्लाे समय जिल्लाकाे विकास निर्माण लागि क्रियाशील छन् ।
२०५७ सालमा नेपाल विधार्थी सँघ नीलकण्ठ स्कुलकाे अध्यक्ष हुँदै राजनीति सुरू गरेका अधिकारी अहिले नेपाल प्रेस युनियनकाे पुर्व केन्द्रीय काेषाध्यक्ष हुन् । पार्टीको १३ अाैं १४ महाधिवेशनका उनि महाधिवेशनमा प्रतिनिधि पनि हुन् । अघिल्लाे कार्यकाल र हाल समेत कांग्रेस भित्र थिङ्ट्क्यक मानिने प्रजातान्त्रिक बिचार समाजकाे केन्द्रीय सदस्य रहेका अधिकारी पटक पटक कांग्रेस पार्टीकाे केन्द्रीय प्रचार समितिहरूमा रही काम गरि गरि सकेका व्यक्ति हुन् ।
माअाेवादी द्वन्दका क्रममा जिल्लामा राजनीति गर्न कठिन रहेकाे अवस्थमा करिब चार हजार विधार्थी रहेकाे नीलकण्ठमा नेविसँघ गठन गर्दै अधिकारीले कांग्रसकाे नर्सरी बढाएका थिए । केन्द्रीय तहमा सबै नेताहरूसँग राम्राे पहिचाहन बनाएका अधिकारीलाई जिल्लाकाे विकासका लागि पनि सांसद बनाउनु पर्ने लभिङ भईरहेकाे छ । अधिकारी सहित झण्डै एक दर्जन नेताहरूले प्रदेशमा दाबी गरेका छन् ।

प्रकाशित मिति:     १५ भाद्र २०७९, बुधबार  |    Himali Khabar