काठमाडौं, २१ फागुन । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा १९ जनाका लागि जागिर खुलाएको छ । कोषले शुक्रबार एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो ।
कोषले प्रबन्धकमा एक जना महिला, उपप्रबन्धकमा खुला एक जना र एक जना महिला, उपप्रबन्धक (इन्जिनियरिङ) मा एक जना खुला र एक जना महिला, सहायक प्रबन्धकमा खुला ७ जना, २ जना महिला , आदिवासी जनजाति २ जना, मधेसी एक जना, पिछडिएको क्षेत्र १ जना र सहायक प्रबन्धक (कानूनतर्फ) खुलामा एक जना माग गरेको छ ।
इच्छुकले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सक्ने छन् ।