इम्बोस्ड नम्बर प्लेट जडान गर्न विभागले माग्यो १ सय २२ करार कर्मचारी

इम्बोस्ड नम्बर प्लेट जडान गर्न विभागले माग्यो १ सय २२ करार कर्मचारी

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका विभिन्न यातायात कार्यालयबाट इम्बोस्ड नम्बर प्लेट जडानका लागि आवश्यक कर्मचारी माग गरेको छ। विभागले आइतबार सूचना जारी गरि १ सय २२ जना करारका कर्मचारी माग गरेको हो।

विभागले दर्ता सहायक २५ जना, इनरोलमेन्ट अपरेटर ३५ जना, स्टोर किपर ९ जना, मेकानिक ४६ जना र रनर ७ जना माग गरेको हो। विभागका अनुसारी यी कर्मचारीले विर्तामोड, इटहरी, लाहन, जनकपुर, बर्दिवास, वीरगञ्ज, हेटौंडा, भरतपुर, काठमाडौं, ललितपुर, कावासोती-नवलपुर, पोखरा, बाग्लुृङ, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र अन्य विभागले तोकेका यातायात व्यवस्था कार्यालय वा सवारी परीक्षण कार्यालयमा खटाउने जनाएको छ।

प्रकाशित मिति:     २० मंसिर २०७८, सोमबार  |    Himali Khabar