दक्षिण कोरिया जाने श्रमिकले ५ हजार डलरको बीमा गर्नुपर्ने

दक्षिण कोरिया जाने श्रमिकले ५ हजार डलरको बीमा गर्नुपर्ने

काठमाडौं । नेपालीहरूको आकर्षक गन्तव्य बनेको रोजगार अनुमति प्रणाली इपिएसअन्तर्गत दक्षिण कोरिया जाने श्रमिकले ५ हजार अमेरिकन डलर बराबर बीमा गराउनुपर्ने भएको छ ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै कोरिया जाने श्रमिकले अनिवार्य बीमा गर्नुपर्ने जनाएको हो । नेपालबाट कोरिया जाने नेपाली श्रमिकहरू कोभिड–१९ महामारीको कारणले लामो समयदेखि कोरिया जान पाएका छैनन् । पछिल्लो समय कोभिडको अवस्था सामान्य हुँदै गएको सन्दर्भमा कोभिड प्रोटोकलको पूर्ण पालनाको सुनिश्चितता गरी कोरिया पक्षबाट प्रतिबद्ध कामदार लैजाने प्रक्रिया अगाडि बढेको शाखाको भनाइ छ ।

प्रकाशित मिति:     २ कार्तिक २०७८, मंगलवार  |    Himali Khabar