राष्ट्रपति भण्डारीद्वारा २३ गतेका लागि संसद बैठक आह्वान

राष्ट्रपति भण्डारीद्वारा २३ गतेका लागि संसद बैठक आह्वान

काठमाडौं, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिसमा उनले फागुन २३ गते (सोमबार) अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।

गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो । सोही अनुसार बैठक आह्वानका लागि शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति:     १७ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar