इजरायल रोजगारीका लागि भएको भाषा परीक्षामा दुई हजार उत्तीर्ण (नतिजासहित)

इजरायल रोजगारीका लागि भएको भाषा परीक्षामा दुई हजार उत्तीर्ण (नतिजासहित)

काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरमा जान इच्छुक श्रमिक लागि लिइएको अंग्रेजी भाषा परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। विभागले परीक्षा भएको दोस्रो दिन नै नतिजा सार्वजनिक गरेको हो। विभागले सोमबार सञ्चालन गरेको परीक्षाको परीक्षाफल मंगलबारै सार्वजनिक गरेको हो।

विभागका अनुसार एक हजार ३९५ जना महिला र ६४४ पुरुष गरी कुल दुुई हजार ३९ जनाले भाषा उत्तीर्ण गरेका छन्। इजरायल जान चार हजार २ सय महिला र पाँच हजार ४९९ पुरुष गरी नौ हजार ६९९ जनाले आवेदन दिएका थिए। विभागका निर्देशक कमल ज्ञवालीले भाषा परीक्षामा छनोट भएका उम्मेद्वारहरूको आगामी असोज १ गतेबाट व्यावसायिक सीप विकास प्रतिष्ठान भैंसेपाटी ललितपुरमा उचाइ र तौल परीक्षण तथा अन्तर्वार्ता हुने जानकारी दिए। उनका अनुसार छनोट भएका उम्मेद्वार उचाइ र तौलको परीक्षण तथा अन्तर्वार्तामा सम्मिलित हुन पाउनेछन्।

विभागका अनुसार आवेदक २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, १।५ मिटर उचाइ र कम्तीमा ४५ केजी तौल भएको हुनुपर्छ । योअनुसार उचाइ र तौल नहुने उम्मेद्वारलाई अन्तर्वार्तामा सहभागी नगराइने विभागले जनाएको छ।

https://drive.google.com/file/d/1bSfPSx_2cLTSV_gxg2fFSYP5Klw6Hcu6/view

प्रकाशित मिति:     ३० भाद्र २०७८, बुधबार  |    Himali Khabar