एक लाख ९२ हजार मासिक तलबमा इजरायलले नेपाली लैजाने

एक लाख ९२ हजार मासिक तलबमा इजरायलले नेपाली लैजाने

काठमाडौं । सरकारले एकैपटक एक हजार जना श्रमिकलाई इजरायल पठाउने गरी विज्ञापन प्रकाशित गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटका लागि आवेदन आव्हान गरेको थियो ।

यसरी जाने श्रमिकले महिनामा १६०० सय अमेरिकी डलर अर्थात् एक लाख ९२ हजार बराबर मासिक तलब पाउनेछन् ।

एक हजमारमध्ये महिला ७०० जना महिला र ३०० जना पुरुष छानिनेछन् । त्यसरी जाने श्रमिकले हप्ता ४२ घण्टा काम गर्नुपर्ने । श्रमिकले खानाको खर्च आफैंले गर्नुपर्ने हुन्छ ।

सुरुमा एक वर्षको करार ५ वर्षसम्म थप गर्न सक्ने व्यवस्था छ । पासपोर्टको म्याद कम्तिमा ३ वर्ष पुगेको र विगतमा इजरायलमा काम नगरेकाहरुले आवेदन दिनसक्नेछन् ।

प्रकाशित मिति:     १२ श्रावण २०७८, मंगलवार  |    Himali Khabar