सडक बोर्डमा कार्यकारी निर्देशकका लागि विज्ञापन आह्वान

सडक बोर्डमा कार्यकारी निर्देशकका लागि विज्ञापन आह्वान

काठमाडौं । सरकारले सडक बोर्ड नेपालका कार्यकारी निर्देशकका लागि विज्ञापन आह्वान गरेको छ। सडक बोर्ड नेपालले बिहीबार सार्वजनिक सूचना जारी गर्दै इन्जिनियरिङ वा व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेकालाई दरखास्त दिन भनेको हो। सडक बोर्ड ऐन, २०५८ को दफा २१ बमोजिम दरखास्त आह्वान गरिएको जानकारी दिएको छ।

योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालय समयमा रितपूर्वकको दरखास्त पेस गर्न भनिएको छ। नियुक्ति अवधि चार वर्षको हुने छ ।

प्रकाशित मिति:     १७ असार २०७८, बिहीबार  |    Himali Khabar