एमालेका सांसद मोहन बानियाँ पक्राउ

एमालेका सांसद मोहन बानियाँ पक्राउ

काठमाडौं । प्रहरीले एमालेका सांसद मोहन बानियाँलाई पक्राउ गरेको छ । जबर्जस्ती करणीको आरोप लागेका बानियाँलाई सोमबार साँझ नेपालगञ्ज विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

मुगुका सांसद बानियाविरुद्ध जुम्लाकी एक महिलाले जबर्जस्ती करणी गरेको भन्दै बाँके प्रहरीमा जाहेरी दिएकी थिइन् ।

बाँकेका प्रहरी नायब उपरीक्षक डीएसपी
मधुसूधन न्यौपानेले बानियाँलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

सांसद बानियाले बाँकेको होटल अप्सरामा आफूमाथि जबर्जस्ती करण गरेको भन्दै ती महिलाले प्रहरीमा जाहेरी दिएकी थिइन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गर्ने न्यौपानेको भनाइ छ ।

प्रकाशित मिति:     १६ फाल्गुन २०७८, सोमबार  |    Himali Khabar