नगरकोट जाने सडक दुई महिनाभित्र सम्पन्न नगरे ठेक्का रद्द गरिने

नगरकोट जाने सडक दुई महिनाभित्र सम्पन्न नगरे ठेक्का रद्द गरिने

भक्तपुर । भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादवले कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने बताएकी छिन् ।

कमलविनायक–नगरकोट सडकखण्ड निर्माण सम्पन्न गर्नेबारेमा बुधबार मन्त्री यादव र बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलबीच भएको छलफलमा उनीहरूले दुई महिनाभित्र सडक निर्माण सम्पन्न नगरे ठेक्का रद्द गर्न सहमत गरेका छन् ।

निर्माण सम्पन्न गर्न निर्माण व्यवसायी शैलुङ कन्स्ट्रक्सनलाई निर्देशन दिनेबारेमा छलफल भएको थियो । निर्माण कम्पनीले ठेक्का सम्झौता गरी २०७०-०७१ मा निर्माण सुरु गरेको उक्त सडक पटक–पटक म्याद थप गर्र्दै आएको र अहिले पुनः म्याद थप गरेको छ ।

प्रकाशित मिति:     २ मंसिर २०७८, बिहीबार  |    Himali Khabar