नागढुंगा सुरुङ मार्गको निर्माण २३ प्रतिशत सकियो

नागढुंगा सुरुङ मार्गको निर्माण २३ प्रतिशत सकियो

काठमाडौं । नेपालको पहिलो नागढुंगा सुरुङ मार्गको निर्माण २३ प्रतिशत सकिएको छ। निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुंगा सुरुङमार्ग आयोजनामा अरु विभिन्न संरचनाको निर्माणसँगै एक हजार ८१२ मिटर सुरुङ खनिएको छ।

४२ महिनामा सम्पन्न गर्ने गरी सुरु भएको आयोजना पछिल्ला केही महिनादेखि सुस्तगतिमा अघि बढेको छ। दसैं, तिहार छठलगायतका चाडपर्वका कारण निर्माणको कामले अहिले कम गति लिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए। गत साता निर्माणस्थलमा नै एक जना कामदारको मृत्यु भएकाले पनि निर्माण एक साता अवरुद्ध हुन पुगेको थियो।

प्रकाशित मिति:     ३० कार्तिक २०७८, मंगलवार  |    Himali Khabar