कर्णाली करिडोरको दुई खण्डको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई

कर्णाली करिडोरको दुई खण्डको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई

काठमाडौं । सरकारले कर्णाली करिडोर अन्तर्गत दुई खण्डको ट्रयाक निर्माण नेपाली सेनालाई दिने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले करिडोर अन्तर्गतको २०.५ किलोमटिर सडकको ट्रयाक खोल्ले जिम्मा सेनालाई दिने निर्णय गरेको हो।

कर्णाली करिडोर अन्तर्गत कालिकोटमा पर्ने लैफूबद्री गाउँदेखि हुक्का खोलासम्मको १३.५ र हुम्लाको दुल्ली कुनादेखि लाली बगरसम्मको ७ किलोमिटर सडकको ट्रयाक निर्माणको जिम्मा सेनालाई दिएको हो ।

कालिकोटकाे लैफूबद्री गाउँदेखि हुक्का खोलासम्मको १३.५ किलाेमिटर र हुम्लाको दुल्ली कुनादेखि लाली बगरसम्मको ७ किलोमिटर क्षेत्रमा ठूलो चट्टान भएकाले सरकारले सो सडक खण्डको ट्रयाक निर्माण सेनालाई दिइएको कर्णाली करिडोर अन्तर्गत हिल्सा-सिमकोट सडक योजनाका प्रमुख विष्णु लामाले जानकारी दिए ।

प्रकाशित मिति:     १२ आश्विन २०७८, मंगलवार  |    Himali Khabar