एडीबीले नेपाललाई करीब ७ अर्ब करोड ऋण दिने

एडीबीले नेपाललाई करीब ७ अर्ब करोड ऋण दिने

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपालमा विद्युतीय ग्रिड आधुनिकीकरण परियोजनाका लागि ६ करोड डलर ऋण स्वीकृत गरेको छ । विद्युत् प्रसारणलाइन र वितरण प्रणाली स्तरोन्नतिका लागि सञ्चालित विद्युतीय ग्रिड आधुनिकीकरण परियोजनालाई थप ६ करोड अमेरिकी डलर (करीब ६ अर्ब ९० करोड रुपैयाँ) ऋण उपलब्ध गराउनेगरी एडीबीको हालैको बोर्ड बैठकले स्वीकृत गरेको हो ।

सन् २०२० को नोभेम्बरमा स्वीकृत उक्त परियोजना अन्तर्गत नेपालभरका ३४ ओटा सबस्टेशन ग्रिडलाई स्वचालित बनाउने, काठमाडौं उपत्यकामा स्मार्ट मिटर जडान सम्पन्न गर्ने, १४४ किलोमिटर प्रसारण लाइनको स्तरोन्नति, ११३ किलोमिटर नयाँ प्रसारण लाइन निर्माण र विद्युत् वितरण प्रणाली कमाण्ड तथा नियन्त्रण केन्द्रको स्थापना गर्ने योजना समेटिएका छन् ।

प्रकाशित मिति:     ५ आश्विन २०७८, मंगलवार  |    Himali Khabar