निषेधाज्ञाका कारण सम्पन्न हुन नसकेका आयोजनाको म्याद थप

निषेधाज्ञाका कारण सम्पन्न हुन नसकेका आयोजनाको म्याद थप

काठमाडौं। सरकारले निषेधाज्ञाका कारण सम्पन्न हुन नसकेका आयोजनाको म्याद चैतसम्म थप गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको बैठकले कोभिड-१९ को पहिलो तथा दोस्रो लहर नियन्त्रणको लागि जारी भएको बन्दाबन्दी तथा निषेध आदेश जारी हुनु पूर्व वा आदेशको अवधिभित्र सम्झौता भएका आयोजनाहरुको म्याद थप्ने निर्णय गरेको हो।

त्यस्तो आदेशका कारण काम सम्पन्न हुन नसकेका खरीद सम्झौताको हकमा मात्रै म्याद थप गर्न सकिने उल्लेख छ। आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवा प्रदायक वा परामर्शदाताको निवेदनका आधारमा बोलपत्र स्वीकृत गर्ने पदाधिकारीले औचित्य विश्लेषण गरी म्याद थप गर्न सक्नेछ। थप लागत र दायित्व नपर्ने म्याद थप गर्नुपर्नेछ।

प्रकाशित मिति:     २२ भाद्र २०७८, मंगलवार  |    Himali Khabar