पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छ महिना पर स-यो

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छ महिना पर स-यो

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि छ महिना पछि सरेको छ । सम्झौता अवधिभन्दा छ महिनाअगावै निर्माण सम्पन्न गर्नेगरी काम भइरहेकामा कोभिड–१९ का कारण विश्वव्यापी बन्दाबन्दीले अवधि छ महिनापछि सरेको हो ।

करिब २२ अर्ब रुपैयाँ लागतमा २०७८ असार २६ भित्र सम्पन्न गर्नेगरी २०७४ असारदेखि निर्माण सुरु गरेको चाइना सीएएमसी इन्जिनियरिङले कोरोनाका कारण सामग्री आयातमा समस्या भएकाले समयमा निर्माण सम्पन्न हुन नसकेको जनाएको छ । विमानस्थलको निर्माणको काममा निर्माण कम्पनीले तीव्रता दिएकै कारण छ महिनाअगावै सम्पन्न गर्ने लक्ष्य लिइएकोमा कोभिड–१९ का कारण समय अवधिभन्दा छ महिना पछि धकेलिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले जानकारी दिए ।

सम्झौताअनुसार असार २६ गते निर्माण सम्पन्न हुनुपर्नेमा यस अवधिमा ८१ प्रतिशत भौतिक र ६८ प्रतिशत आर्थिक प्रगति भएको छ । भौतिक रूपमा बाँकी १९ प्रतिशतमध्ये ९ प्रतिशत सिभिल निर्माणको काम र १० प्रतिशत उपकरण जडानका काम रहेका छन् ।

प्रकाशित मिति:     १२ श्रावण २०७८, मंगलवार  |    Himali Khabar