मेलम्ची पाने काठमाडौं आउँन अझै दुई वर्ष लाग्ने

मेलम्ची पाने काठमाडौं आउँन अझै दुई वर्ष लाग्ने

काठमाडौं । मेलम्चीको पानी पिउने काठमाडौंबासीको चाहना फेरि अनिश्चित बनेको छ । गत असार १ गते मेलम्चीमा पहिरोसँगै गएको बाढीले मेलम्चीको पानीमा रमाउने राजधानीबासीको सपना अनिश्चित बनाइदिएको हो । बाढीले सुरुङमा पानी हाल्ने हेडबक्स अर्थात ड्याम नै भत्काइदिएको छ ।

यसअघि सुरुङमा पानी भर्न प्रयोग गरेको अस्थायी हेडबक्स बाढीले फुटाएको छ र सुरुङभित्र लेदो भरिएको छ ।बाढीसँग आएको लेदोले सुरुङभित्रको अम्बाथानस्थित अडिट टनेल टालिएको छ । सुरुङमा पानी पठाउने मुख्य हेडबक्स पूरै पहिरोले पुरिएको छ । मुख्य हेडबक्स र अन्य संरचनाहरुमा पनि क्षति पुगेको छ ।

बाढीले क्षति पुर्‍याएको सबै संरचना बनाएर राजधानीमा पानी पठाउन सहज नभएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । विकास समितिका एक कर्मचारीका अनुसार हेडबक्स पूरै बनाउनु पर्ने अवस्था आएमा भने कम्तिमा पनि दुई वर्ष मेलम्चीको पानी ल्याउन असम्भव छ ।

प्रकाशित मिति:     ६ श्रावण २०७८, बुधबार  |    Himali Khabar