बीआरआई अन्तर्गत क्षेत्रीय कनेक्टिभिटीको प्रस्ताव

बीआरआई अन्तर्गत क्षेत्रीय कनेक्टिभिटीको प्रस्ताव

काठमाडौं । पछिल्लो समय दक्षिण एसियाली मुलुकहरुसँग बिभिन्न संयन्त्र मार्फत सहकार्य अगाडि बढाएको चीनले बेल्ट एण्ड रोड परियोजना अन्तर्गत केन्द्रीय कनेक्टिभिटीको प्रस्ताव गरेको छ ।

दक्षिण एसिया र केन्द्रीय एसियाली मुलुकहरुको एक सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले चीन यस क्षेत्रका मुलुकहरुसँग कनेक्टिभिटीको क्षेत्रमा बिआरआई मार्फत साझेदारी गर्न चाहेको उल्लेख गरे ।चिनियाँ विदेशमन्त्रीले कनेक्टिभिटीले मुलुकहरुलाई अगाडि बढ्नको लागि सहयोग गर्ने उल्लेख गरे ।

उनले चीनले कनेक्टिभिटीको नाममा भूराजनीतिक खेल नखेल्ने बरु सबै मुलुकसँग परामर्शको आधारमा अगाडि बढ्ने बताए । उनले चीन दक्षिण एसियाली मुलुकहरुसँग हार्ड कनेक्टिभिटी र सफ्ट कनेक्टिभिटीमा काम गर्न तयार रहेको बताए ।

प्रकाशित मिति:     ३ श्रावण २०७८, आईतवार  |    Himali Khabar