चीनले ४३५ किलोमिटर लामो रुटमा चल्ने बुलेट रेल संचालनमा ल्यायो

चीनले ४३५ किलोमिटर लामो रुटमा चल्ने बुलेट रेल संचालनमा ल्यायो

काठमाडौं । चीनले तिब्बतमा पहिलो पूर्ण विद्युतीय बुलेट रेल सञ्चालनमा ल्याएको छ । तिब्बत–सिचुआन रेलमार्गमध्येको ल्हासा–न्यिङचि खण्डमा बुलेट रेल शुक्रबारबाट सञ्चालनमा आएको हो । चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको एक सय वर्षगाँठ आउनुअघि ४३५.५ किलोमिटर लामो यो रुटमा बुलेट रेल सञ्चालनमा ल्याइएको हो ।

अहिले सञ्चालनमा आएको रुटमा नौ स्टेसन छन् । गत नोभेम्बरमा चिनियाँ राष्ट्रपति सि जिनपिङले न्यिङचि र सिचुआन प्रान्त जोड्ने रेलमार्ग निर्माणको लागि निर्देशन दिएका थिए । सिचुआन–तिब्बत रेलमार्ग सिचुआन प्रान्तको चेङ्दुबाट सुरु हुनेछ र यान हुँदैन क्वाम्डोबाट तिब्बत प्रवेश गर्नेछ। त्यसपछि चेङ्दु(ल्हासा यात्राको लागि लाग्ने समय ४८ घण्टाबाट १३ घण्टामा झर्नेछ ।

चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार अहिले सञ्चालनमा आएको बुलेट रेल प्रतिघण्टा १६० किलोमिटर कुद्न सक्छ । यो रेलमार्गको निर्माण सन् २०१५ मा सुरु भएको थियो ।

प्रकाशित मिति:     ११ असार २०७८, शुक्रबार  |    Himali Khabar