एनआरएन डेभलपमेन्ट फन्डको अध्यक्षमा उपेन्द्र महतो र सिइओमा भट्टराई

एनआरएन डेभलपमेन्ट फन्डको अध्यक्षमा उपेन्द्र महतो र सिइओमा भट्टराई

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएन)को लगानी रहेको एनआरएन डेभलपमेन्ट फन्डको अध्यक्षमा उपेन्द्र महतो चयन भएका छन् । महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत हुन् ।

उक्त फण्डको प्रमुख कार्यकारी अधिकृतमा अनलराज भट्टराई नियुक्त भएका छन् । अनलराज भट्टराइ वित्त क्षेत्रका जानकार मानिन्छन् भने महतोसंग व्यावसायिक अनुभव छ ।

प्रकाशित मिति:     ५ बैशाख २०७८, आईतवार  |    Himali Khabar