काठमाडौं उपत्यकामा ४० प्रतिशतले कोरोना विरुद्धको खोप लगाए

काठमाडौं उपत्यकामा ४० प्रतिशतले कोरोना विरुद्धको खोप लगाए

काठमाडौं । काठमाडौं उपत्यकामा ४० प्रतिशतले लगाए कोरोना विरुद्धको दुवै डोज खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज ४ गतेसम्मको तथ्याँकअनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा ४१ प्रतिशत, भक्तपुरमा पनि ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना विरुद्धको दुवै डोज खोप लगाइसकेका छन् ।

सरकारले असोज मसान्तसम्ममा खोप लगाउन योग्यमध्ये ३३ प्रतिशतलाई दुवै डोज खोप लगाउने लक्ष्यसहित अभियानलाई प्रभावकारी रुपमा अघि बढाएको छ । बागमती प्रदेशमा २९ प्रतिशतले दुवै डोज खोप लगाएका छन् ।

प्रकाशित मिति:     ६ आश्विन २०७८, बुधबार  |    Himali Khabar