मणिपाल शिक्षण अस्पताल विक्री

मणिपाल शिक्षण अस्पताल विक्री

काठमाडौं । पोखरामा सञ्चालन हुँदै आएको मणिपाल मेडिकल कलेज (शिक्षण अस्पताल) विक्री भएको छ । पोखराको व्यावसायिक घराना बतास अर्गनाइजेशनका आनन्दाराज बतास र अटोवेज समूहका नारायण पौडेलले २ अर्ब २२ करोड ६० लाख रुपैयाँमा उक्त शिक्षण अस्पताल किनेका हुन् ।

भारतको मणिपाल एजुकेशन एन्ड मेडिकल ग्रूपको लगानीमा सन् १९९४ देखि मणिपाल मेडिकल कलेज सञ्चालनमा आएको थियो । करीब १ महीनाअघि हस्पिटल खरीद सम्झौता भए पनि अहिले सम्पूर्ण प्रक्रिया सकिएको अटोवेजका प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए ।

बतासको ६० प्रतिशत र अटोवेजको ४० प्रतिशत लगानी रहनेगरी अस्पताल खरीद गरिएको अटोवेज ग्रूपका पौडेलले बताए ।

प्रकाशित मिति:     ११ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar