कोभिड खोप लगाएको प्रमाणपत्र निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

कोभिड खोप लगाएको प्रमाणपत्र निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्ध लगाएको खोपको प्रमाणपत्र निःशुल्क उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै कुनै पनि शुल्क नलिई खोप लगाएको प्रमाणीकरण गरिदिन भनेको हो।

मन्त्रालयले खोपको प्रमाणीकरण निःशुल्क गर्ने निर्णय गरेपनि केही अस्पतालहरुले शुल्क लिइरहेको पाइएको छ। अन्तर्राष्ट्रिय यात्रा गर्ने नागरिकलाई सरकारले खोप लगाएको प्रमाणपत्र जारी गर्दै आएको छ।

प्रकाशित मिति:     १८ श्रावण २०७८, सोमबार  |    Himali Khabar