युरोपेली युनियनले न्यून र मध्यम आय भएका मुलुकलाई २० करोड बढी खोप दिने

युरोपेली युनियनले न्यून र मध्यम आय भएका मुलुकलाई २० करोड बढी खोप दिने

काठमाडौं । युरोपेली युनियनले न्यून र मध्यम आय भएका मुलुकलाई २० करोड बढी कोभिडविरुद्ध डोज खोप दिने भएको छ । न्यून र मध्यम आय भएका मुलुकलाई सन् २०२१ को अन्त्यसम्ममा उक्त संख्यामा खोप उपलब्ध गराउने भएको हो ।

जेठ ७ गते रोममा भएको ग्लोबल हेल्थ समिटमा इयूका राष्ट्रपति भोन डर लेनले न्यून र मध्यम आय भएका मुलुकलाई सन् २०२१ को अन्त्यसम्ममा १० करोड डोज खोप दिने बताएकी थिइन् । मुख्यगरी कोभ्याक्स कार्यक्रम अन्तर्गत साझेदारी मुलुकलाई खोप उपलब्ध गराउने घोषणा गरेकी थिइन्।

एक करोड २२ लाख डोज खोप ३६ मुलुकलाई कोभ्याक्स मार्फत वितरण गरिसकेको युरोपेली युनियनले जनाएको छ ।

प्रकाशित मिति:     ९ श्रावण २०७८, शनिबार  |    Himali Khabar