सिक्लेस हाइड्रोपावरले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्दै

सिक्लेस हाइड्रोपावरले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्दै

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो। सोमध्ये ३ प्रतिशत अर्थात् ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति:     २१ भाद्र २०७९, मंगलवार  |    Himali Khabar