अपर तामाकोशी हाइड्रोपावरले शेयर निष्कासन गर्ने

अपर तामाकोशी हाइड्रोपावरले शेयर निष्कासन गर्ने

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हाइड्रोपावरको चौधौं वार्षिक साधरण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।

काठमाडौंमा भएको वार्षिक साधरण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रश्ताव पास गरेको छ । वार्षिक साधरण सभामा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गरी उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा हकप्रद शेयरको माध्यमबाट पुँजी वृद्धिको लागि विशेष प्रश्ताव पेस गर्नुभयो ।

उहाँले रोल्वालिङ खोलाको पानीलाई ७ किलोमिटर लामो सुरुङमार्फत लामाबगर स्थित तामाकोशी नदीबाट निर्मित जलाशयमा मिसाई थप २०० सय गिगावट गरी जम्मा ३०० सय गिगावट घण्टा विद्युत उत्पादन गरी विस्तृत अध्ययन गर्ने बताउनुभयो ।

प्रकाशित मिति:     ३ भाद्र २०७९, शुक्रबार  |    Himali Khabar