सेयर बजार १८ सय ४८ मा झर्यो

सेयर बजार १८ सय ४८ मा झर्यो

काठमाडौं । सेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से ४५ दशमलव २५अंकले घटेर १८ सय ४८ बिन्दुमा आएर झरेको छ ।

२०७३ साल साउन १२ गते नेप्से १८ सय ८१ बिन्दुमा झरेको थियो ।

आज सबै उपसमूहहरु राताम्य भएको दिन आज जलविद्युत, विकास बैंक, लगानीसहितका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । २ सय ३७ वटा कम्पनीको ५० लाख ८ हजार ७७१ कित्ता शेयर १ अर्ब ४९ करोड ९७ लाख ९ हजारमा किनबेच भएको छ ।

प्रकाशित मिति:     ९ असार २०७९, बिहीबार  |    Himali Khabar