सेयर धितोमा लगाइएको ४-१२ को सीमा परिवर्तन गर्न माग

सेयर धितोमा लगाइएको ४-१२ को सीमा परिवर्तन गर्न माग

काठमाडौं । नेपाल पूँजी बजार लगानीकर्ता संघले सेयार धितोमा लगाइएको ४ करोड र १२ करोडको सीमा परिवर्तन गर्न माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी संघले ४ बुँदे माग अघि सारेको हो ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत सेयरधितो राखेर एउटै व्यक्तिले एउटै बैंकबाट अधिकतम् ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँभन्दा बढी सेयर कर्जा लिन नपाउने व्यवस्था गरेको थियो ।

कर्जा–स्रोत अनुपात (सीसीडी रेसियो) खारेज गरी कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम गरिएकोमा अब पुनः सीसीडी रेसियो नै काम गर्न पनि लगानीकर्ताले माग गरेको संघकी अध्यक्ष राधा पोखरेलले जानकारी दिएन ।

भेटकै क्रममा प्रधानमन्त्री देउबाले फोनमार्फत लगानीकर्ताको समस्या र गुनासो सुनिदिन गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति:     २२ जेष्ठ २०७९, आईतवार  |    Himali Khabar