उपकार लघुवित्तको आईपीओ आजबाट बिक्री खुला

उपकार लघुवित्तको आईपीओ आजबाट बिक्री खुला

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा दुई करोड ३६ लाख २५ हजार रुपैयाँबराबरको दुई लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

कम्पनले जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले साधारण सेयर बिक्री सुरु गरेको हो । निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् तीन हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ ।

प्रकाशित मिति:     २५ चैत्र २०७८, शुक्रबार  |    Himali Khabar