ग्रीन भेन्चर्सको आईपीओ आजदेखि

ग्रीन भेन्चर्सको आईपीओ आजदेखि

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा आजदेखि निष्कासन हुँदै छ। कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो।

निष्कासन गरिएको कुल सेयरमध्ये ९३ हजार ७५० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिनेछ।सर्वसाधारणले बाँकी २८ लाख ७५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

उक्त आईपीओ निष्कासन बन्द छिटोमा चैत ११ गते हुनेछ भने ढिलोमा चैत २२ गते हुनेछ।

प्रकाशित मिति:     ८ चैत्र २०७८, मंगलवार  |    Himali Khabar