साल्ट ट्रेडिङ्गले १०.५० प्रतिशत लाभांश वितरण गर्ने

साल्ट ट्रेडिङ्गले १०.५० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि (एसटीसी) ले लाभांश घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा यस वर्ष लाभांशदर घटेको कम्पनीले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले २० बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरि २५ प्रतिशत लाभांश दिएको थियो।

प्रकाशित मिति:     ३० फाल्गुन २०७८, सोमबार  |    Himali Khabar