नेप्सेको सीईओ बन्न ११ जनाले आवेदन दिए

नेप्सेको सीईओ बन्न ११ जनाले आवेदन दिए

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा ११ जनाले आवेदन दिएका छन्। आवेदन दिने अन्तिम दिन आइतबारसम्म कुल ११ जनाको आवेदन परेको अर्थमन्त्रालयले जनाएको छ।

सीईओका लागि डा. रमेशकुमार भण्डारी, जीवन अमगाईं, प्रबिन पन्दाक, बद्री प्याकुरेल, कृष्णबहादुर कार्की, निरन्जन फुयाँल, दिपक गौतम, केशवप्रसाद श्रेष्ठ, गोविन्द दुलाल, छविराज पन्त र रमेश घिमिरे रहेका छन्।

प्रकाशित मिति:     २९ कार्तिक २०७८, सोमबार  |    Himali Khabar