साहस उर्जाको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

साहस उर्जाको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

काठमाडौं । साहस उर्जा लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ६ लाख ४४ हजार आवेदकहरुले मात्र १० कित्ताका दरले सेयर हात पारेका छन् ।

कम्पनीको आईपीओ खरीदका लागि कुल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएको विक्री प्रबन्धकको भनाइ छ । कुल आवेदकहरुमध्ये २३ लाख ८३ हजार ४६० जनाको मात्र आवेदन रितपूर्वक देखिएको समेत विक्री प्रबन्धकले जानकारी दिएको छ । ११ हजार ९९६ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिएका २३ लाख ८३ हजार ४६० जना आवेदकहरुलाई एउटै समूहमा राखी गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गरिएको हो ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यस्तै बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको वेबसाइट र निष्कासनकर्ता कम्पनी साहस उर्जाको वेबसाइटबाट हेर्न सकिनेछ ।

प्रकाशित मिति:     १७ आश्विन २०७८, आईतवार  |    Himali Khabar