न्यादी हाइड्रोपावरले असोज १५ देखि आइपीओ निष्कासन गर्ने

न्यादी हाइड्रोपावरले असोज १५ देखि आइपीओ निष्कासन गर्ने

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले असोज १५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा सर्वसाधारणले असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति:     ८ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar