प्रभावित स्थानीयका लागि तेह्रथुम पावरको आईपीओ विक्री

प्रभावित स्थानीयका लागि तेह्रथुम पावरको आईपीओ विक्री

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि आयोजना प्रभावित तेह्रथुम जिल्लाका बासिन्दाहरुलाई आईपीओ विक्री गर्ने भएको छ ।

सर्वसाधारणका लागि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार १० गते अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानीयमा शेयर जारी गरेको हो ।
आयोजना प्रभावित स्थानीमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर जारी गर्न लागेको हो ।

यो आईपीओ खरीदका लागि छिटोमा साउनमा १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ २ गतेसम्म यो आईपीओ विक्रीमा रहने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति:     ५ श्रावण २०७८, मंगलवार  |    Himali Khabar