आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न नेपाल लाइफले साधारणसभा आह्वान गर्यो

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न नेपाल लाइफले साधारणसभा आह्वान गर्यो

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन २५ गते साधारण सभा आह्वान गरेको छ । उक्त साकम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न कम्पनीले वार्षिक साधारण सभा बोलाएको जनाइएको छ।

कम्पनीले आफ्नो कर्पोरेट कार्यालय, कमलादीमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। कोरोना महामारीको कारण साधारण सभा अनलाइनमार्फत गर्ने गरी शेयरधनीहरुलाई मिटिङ्गको आईडी र पासवर्ड उपलब्ध गराउने कम्पनीले बताएको छ।

कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ छ । जगेडा तथा कोषमा १ अर्ब ५ करोड रुपैयाँ छ । जीवन बीमा कोषमा एक खर्ब रुपैयाँ बढी छ भने महाविपत्ती कोषमा ५९ करोड ८९ लाख रुपैयाँ छ ।

प्रकाशित मिति:     ४ श्रावण २०७८, सोमबार  |    Himali Khabar